ऋषी धमलाको भाइ भन्दै इन्सपेक्टरद्वारा गोलबजारमा असुली हमला

|

शसस्त्र प्रहरीमा बेथिती

सिराहा
पत्रकारहरूसँग आफूलाई पत्रकार ऋषि धमलाको भाइ भनेर चिनाउँछन् । सिराहा सशस्त्र प्रहरी बलका हाकिमहरूलाई कुनै पत्रकारले समाचार प्रकाशन गरे आफूले मिलाउने आश्वासन दिन्छन् । गफ हाँक्न माहिर निरीक्षक सूर्य धमलाले सिराहाको व्यापारिक केन्द्र गोलबजारका व्यापारीहरूसँगको सबै खाले सम्बन्धलाई कसिलो बनाएको आरोप लागेको छ ।

व्यापारीहरूका अनुसार प्रहरी निरीक्षक धमलाले यतिबेला गोलबजारका कपडा पसलेलाई निशाना बनाएका छन् । प्रत्येक पसलेलाई यो वा त्यो नाममा दबाब दिएपछि उनीहरुले कुरो खोल्न थालेका हुन् । स्थानीय एक जना कपडा पसले भन्छन् – ‘धमलालाई मासिक रुपमा रकम बुझाउनु पर्छ । गोलबजारमा साना ठूला गरेर कम्तिमा पनि तीन सय कपडा पसल छन् । त्यो हिसाबले गुणन गर्नुस् त कति हुन्छ उनको योजना ?’

उनै धमला यसअघि सिराहाको बडहरीमा कार्यरत थिए । नेपाल–भारत सीमा क्षेत्रमा उठ्तीपुठ्ती तीब्र बनाएको समाचार बाहिरिएपछि उनलाई गोलबजार सरूवा गरिएको हो । सँधै मस्त देखिने उनले भन्ने गरेका छन्, ‘हेर्नुस्,मान्छे त्यत्तिकै इन्सपेक्टर बन्दैन । यहाँका पत्रकारलाई ऋषि दाइलाई भनाएर जागिर लगाइदिन सक्छु ।’