हाजिरी जवाफमा महेन्द्र र ब्याडमिन्टन प्रतियोगितामा चिल्ड्र्न गार्डेन मावि विजयी

|

ढल्केवर, धनुषा

धनुषास्थित मिथिला नगरपालिकाको ढल्केवरमा रहेको मिथिला ब्याडमिन्टन क्लबले आफ्नो चौथो वार्षिक साधारणसभाको अवसरमा हाजिरी जवाफ र ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ ।

क्लबले माध्यमिक विद्यालय तहको नगरस्तरीय हाजिरी जवाफ र ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा हाजिरी जवाफतर्फ महेन्द्र माध्यमिक विद्यालय ढल्केवरका विद्यार्थी प्रथम स्थान हासिल गरेको थियो भने चिल्ड्रेन गार्डेन इंगलिस बोर्डिङ्ग स्कूल ढल्केवर दोस्रो र जनता माध्यमिक विद्यालय नकटाझिज तेस्रो भए ।

हाजिरी जवाफ प्रतियोगितामा मिथिला नगरपालिका क्षेत्रभित्र रहेको आठवटा माध्यमिक विद्यालयले भाग लिएको थियो ।
त्यस्तै, ब्याडमिन्टन प्रतियोगितामा ढल्केवरको चिल्ड्रेन गार्डेन इंगलिस बोर्डिङ्ग स्कुलका विद्यार्थी विजयी भए भने महेन्द्र माध्यमिक विद्यालय ढल्केवरका विद्यार्थी दोस्रो स्थानमा रहे । ब्याडमिन्टन प्रतियोगितामा नगरपालिकाभित्र रहेका छ वटा विद्यालयको सहभागिता थियो ।

प्रतियोगितामा विजयी भएकाहरुलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो । विजयी विद्यार्थीलाई मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष तेजनारायण साह, मिथिला ब्याडमिन्टन क्लबका अध्यक्ष सन्तोष महतो, मिथिला नगरपालिका कार्यसमितिका सदस्य विशेश्वरप्रसाद साहलगायतका अतिथिले शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए ।