सिराहा / सशस्त्र प्रहरी बलका निरिक्षक सुर्य धमलाले सिराहा , गाेलबजारका फर्निचर ब्यबसायीहरूसँग अनाधिकृत असुलीलाई तिब्र बनाएकाे समाचार छ । ब्यापारिक नाकाकाे रूपमा परिचित गाेलबजार फर्निचर किनबेचका लागि पनि परिचित छ ।
यहाँ उत्पादन गरिएका लाेकल फर्निचरका सामाग्रिहरू काठमाडाैं लगायत प्रमुख शहरहरूमा पठाईने गरिएकाे छ । यहाँ खुलेका दर्जन बढी फर्निचर उधाेग र साेरूमबाट इन्सपेक्टर धमलाले अनाधिकृत अार्थिक संकलनलाइ तिब्र बनाएकाे सम्बद्व ब्यापारीहरूकाे दाबि छ ।
यसअघि इन्सपेक्टर सुर्य धमलाको असुलीले सिराहाको व्यापारिक नाका गोलबजारका व्यापारीहरू आतंकित बनेकाे खबर बाहिरिएकाे थियाे । यहाँका व्यापारीहरूसँग उनको मासिक पैसा असुली आतंक सतहमा आएसँगै इन्सपेक्टर धमला विवादमा तानिएका हुन् । धमलाले गोलबजारमा रहेका ३ सयभन्दा बढि कपडा पसलहरुलाई आफ्नो अवैध कमाइधन्दाको निशाना बनाएको आरोप लागेको छ ।
आफूलाई पत्रकार ऋषि धमलाको भाइ भन्दै सशस्त्र प्रहरीको बर्दीलाई व्यापारी आतंकको हतियार बनाएका उनले यस बारेमा कसैलाई नभन्न र भनेमा राम्रो नहुने भन्दै धम्की दिने गरेका छन् । धमलाले मच्चाइरहेको असुली आतंकमा सिराहा सशस्त्र प्रहरी बलका हाकिमहरूबाट प्रश्न उठाएमा पनि कुनै पत्रकारले समाचार प्रकाशन गरे आफूले मिलाउने आश्वासन दिने गरेको श्रोतको दाबी रहेको छ ।
धमलाको अत्याचारबाट आजित व्यापारीहरुले विस्तारै मुख खोल्न थाले पनि आफ्नो नाम बताउन भने डराइरहेका छन् । उनै धमला यसअघि सिराहाको बडहरीमा कार्यरत थिए । नेपाल–भारत सीमा क्षेत्रमा उठ्तीपुठ्ती तीब्र बनाएको समाचार बाहिरिएपछि उनलाई गोलबजार सरूवा गरिएका थियो ।
धमलाले आफ्नो सेटिङ माथिसम्म रहेको गफ दिने गर्छन् । नाम चलेका र वरिष्ठ पत्रकारहरु आफ्नो मुट्ठीमा रहेको भन्ने उनी आफ्ना बारेमा त्यस्ताले त बोल्न आँट गर्न सक्दैनन् भने तिमीहरुका लागि त मैले बोले पछि जस्तो जागिर पनि लगाई दिइ हाल्छन् नि भन्दै स्थानीय पत्रकारहरुलाई घुमाउरो धम्की दिने गर्छन् । बडहरीमा रहेकाबेला यिनै धमलाले नेपाल–भारत सीमामा व्यापारीहरूसँग मासिक असुली गर्ने गरेको तथ्य पनि बाहिरिएको छ ।
नेपाल–भारत सीमामा पर्ने बडहरी नाकाबाट सामानहरू आयात निर्यात गर्ने व्यापारीहरूसँगको सेटिगंमा धमलाले ३० देखि ५० हजार रूपैयाँका दरले असुली गर्ने गरेका थिए । धमलालाई महिनावारी बुझाएर बडहरी नाका हुँदै ब्यापारीहरूले भारतबाट सामानहरू लाहान, गोलबजार, मिर्चैया, धनगढी, पतारी आदि ठाउँमा लाने गरेका थिए । धमलाले सशस्त्र प्रहरीको इन्सपेक्टर पदको आडमा व्यापारीहरूसँग मासिक ६ लाख सम्म असुल्ने गरेको सम्बद्व श्रोतको दाबि छ ।
पीडित व्यापारीहरुका अनुसार यहाँ धमलाले मच्चाको असुली आतंकले भुसको आगोको रुप लिँदै गएको छ । केही व्यापारीहरु धमलाको अत्याचारका विरुद्ध बोल्नु पर्ने पक्षमा रहेका छन् भने केही व्यापारीहरु आफूहरुलाई भोलीका दिनमा कसैले पनि साथ नदिने र धमलाको आतंकले झन् उग्ररुप लिए के गर्ने भन्ने दोधारमा रहेको पाइएको छ ।