होटल व्यवसायीलाई होटल व्यवस्थापन तथा अतिथि सत्कार तालिम प्रदान

|

बर्दिवास, महोत्तरी

महोत्तरीको बर्दिवासमा बुधबार मधेश प्रदेशभरीका होटल व्यवसायीहरुलाई होटल व्यवस्थाप तथा अतिथि सत्कार सम्बन्धि तालिम प्रदान गरिएको छ ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशको आयोजना, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान शाखा कार्यालय बर्दिवास (नाथम कलेज) को समन्वय र होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको सहकार्यमा होटल व्यवसायीहरुलाई सो तालिम प्रदान गरिएको हो ।

होटल व्यवसायीहरुलाई होटल के हो ? होटल व्यवस्थापन कसरी गर्ने ? अतिथिलाई सत्कार कसरी गर्ने ? भनी तालिममा सिकाइएको थियो ।
आयोजक नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले मधेश प्रदेशको आठवटै जिल्लामा होटल व्यवसायीहरुलाई होटल व्यवस्थाप तथा अतिथि सत्कार सम्बन्धि एकदिने तालिम प्रदान गरिएको बताउनुभयो ।

उहाँले पुस २६ गते पर्सा जिल्लाबाट सुरु गरिएको यो तालिम बुधबार बर्दिवासमा एकदिने तालिम सञ्चालन गरेर समापन गरिएको उहाँले जानकारी दिनुभयो ।

तालिममा प्रदेशभरीबाट करिब तीन सय जना सहभागीता रहेको बताउँदै अध्यक्ष गौतमले तालिमका सिकाईबाट होटल तथा पर्यटन व्यवसायमा फाइदा पुग्ने बताउनुभयो ।