![](https://gatilokhabar.com/wp-content/uploads/2023/01/kul.png)
ढल्केवर, धनुषा
साबिक ढल्केवर गाविसका पूर्व प्रधानपञ्च कुलबहादुर स्याङ्गदनको निधन भएको छ । ८९ वर्षको उमेरमा शनिबार राती १ बजे उहाँको निधन भएको हो । लामो समयदेखि अस्वस्थ्य रहनुभएका पूर्व प्रधानपञ्च स्याङ्गदनको मिथिला नगरपालिका–७ स्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएका छन् ।
पूर्व प्रधानपञ्च स्याङ्गदन पञ्चायतकालमा दुई पटक निर्विरोध र एक पटक मतदात प्रक्रियाद्वारा निर्वाचित हुनु भएको थियो । उहाँको पालामा ढल्केवरस्थित महेन्द्र माध्यमिक विद्यालय, केमलीपुर आधारभूत विद्यालय, ढल्केवर हेल्थपोष्ट, विद्युत सव स्टेशनको स्थापना, पोखरिया खानेपानी आयोजना निर्माण र ढल्केवर तरकारी बजारको स्थापनालगायत महत्वपूर्ण विकास भएको थियो ।
२०५० सालमा नेपाली कांग्रेसको सदस्यता लिएर कांग्रेसको राजनीति गर्दैै आउनु भएको थियो ।