राज्यले नचिनेको एक देशभक्त प्रमुख जिल्ला अधिकारी

|

सिरहा
फटाफट काम गर्ने सिडिओ । जनउत्तरदायी , युवामैत्री , विकासप्रेमी – यस्ता धेरै उपनामले चिनिन्छन् सिराहामा उनी । तर , तिनै सिडियो लालबाबु कवारीलाई अहिले राज्यले मुल्याकंन गर्नबाट चुकेको छ । किन होला ? कारण यस्तो छ :

सिराहाबाट गोरखा हुँदै रातारात गृह मन्त्रालय तानिएका सिडियो कवारी नागेन्द्र पासवान उर्फ ज्वाला सिहंको नाममा रहेको सिरहाको मिर्चैया ६ को करिब १ बिगाहा जग्गा हडप्ने माओवादी नेता मातृ यादवको षडयन्त्रको सिकार बन्न पुगेको रहस्य खुलेको छ । यतिमात्रै होईन यो घटनाले द्वन्तकालमा नेकपा – माओवादीको नाममा कब्जा गरिएका जग्गा नेता कार्यकर्ताले आफ्नो नाममा नामसारी गरेर भोगचलन गर्दा रहेछन् भन्ने रहस्योद्घाटन पनि भएको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाले उपलब्ध गराएको कागजागमा मिर्चैया ७ मा रहेको २ बिगाहा जग्गा २०५३ । ११ । ३० गते नागेन्द्र पासवानको नाममा दर्ता भएको देखाउँछ । उनि तिनै नागेन्द्र हुन जो माओवादी हुँदै जनतान्त्रिक मुक्ति मोर्चा खोलेर अपहरण , ब्यक्तिहत्या र चन्दा आतकंले एकबेला मधेशलाई आतंंकित बनाएका थिए । जसको उपनाम ज्वाला सिहं हो । जो अहिले भारतको मुजफपुरमा मिल चलाएर बस्छन् भने उनको सशस्त्र समूह पनि अस्तित्ववीहिन छ ।

नागेन्द्रको नाममा दर्ता रहेको उक्त जग्गा २०७६ । २ । १४ मा राजेश्वर प्रसाद साहको नाममा पास गरेको देखिन्छ । जबकी उतिबेला प्रहरी प्रशासनको मोस्ट वान्टेड सूचिमा रहेका नागेन्द्र उर्फ ज्वाला सिहं भुमिगत थिए ।

यसरी खुल्यो पोल
२०७८ साल फागुन १४ गते मिर्चैया ६ का रोहित कुमार साहले जिल्ला प्रशासन कार्यालय सिराहामा सोही जग्गा रोक्का गरिपाउँ भनि निवेदन दर्ता गर्छन् । प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले निवेदन उपर कार्वाही सुरु गर्छन । अनुसन्धानले त्यो जग्गा माओवादीले सशस्त्र युद् सुरु गरेको एक बर्षपछी कब्जा गरेको तथ्य खुल्छ । सिडिओ कवारीले आबस्यक निर्देशनका लागि सप्रमाण गृह मन्त्रालयलाई २०७८ । ११ । १६ मा निवेदन पेश गर्छन् । तर कवारीले गृह मन्त्रालयबाट कुनै निर्देशन पाउँदैनन् । किन भने भित्रभित्रै खेलो अर्कै सुरु भईसकेको थियो ।
जिल्लाप्रशासन कार्यालय स्रोतकाअनुसार माओवादी युद्कालमा कब्जा गरिएका जग्गा भागबण्डाको क्रममा नागेन्द्रबाट राजेश्वर प्रसाद साहको भागमा परेको रहेछ ।

राजेश्वर माओवादी केन्द्रका उपमहासचिव मातृका यादव निकटका स्थानिय माओवादी कार्याकर्ता हुन । स्रोत भन्छ , कार्वाही सुरु गर्नसाथ मातृका यादव , माओवादीबाट जितेका मिर्चैया नगरपालिकाका मेयर श्रवण यादव , अर्का माओवादी नेता चन्देश्वर यादव लगायतले सिडिओ कवारीलाई थेग्नै नसक्ने गरी कार्वाही रोक्न प्रेसर दिदै आएका थिए । कतिसम्म भने उनिहरुले कवारीलाई कार्वाही नरोके भविष्यमा अप्ठ्यारो पर्ला भनेर धम्कि समेत दिएका थिए भने भने बारम्बार आर्थिक प्रलोभन समेत दिएका थिए ।

५ कितमा रहेको उक्त जग्गा पाँच कितमा छ । कित नम्बर क्रमशः १२५२ , १२५४ , १२ ५६ १२५८ र १४७६ हो । कवारीले यस बिषयमा चुनाव अघि मिर्चैया आएका माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत जानकारी गराएका थिए ।
बिश्वस्त स्रोत भन्छ यसै कारण मातृका यादवले प्रधानमन्त्री प्रचण्डलाई भनेर मधेश प्रदेशका कवारीलाई दुखः दिन गोरखा पुर्याएका थिए र दुख दिने नियतले यादवकै आग्रहमा रातारात गोरखाबाट पनि मन्त्रालय तानिएका थिए । अहिले फेरी उनलाई गृह मन्त्रालयबाट पनि अन्यत्र पठाउने तयारी भित्रभित्रै भईरहेको स्रोतको दावि छ ।