नागरिकताबिहिन संघर्ष समितिले कानुनमन्त्री प्रधानलाई बुझाए ज्ञापनपत्र

|

ढल्केवर, धनुषा

नागरिकताविहिन संघर्ष समितिले संघीय सरकारका कानुनमन्त्री ध्रुवबहादुर प्रधानलाई मंगलबार ज्ञापनपत्र बुझाएका छन् ।
समितिका राष्ट्रिय अध्यक्ष इन्द्रजीत साफीसहितका पदाधिकारीले कानुनमन्त्रीको कार्यालयमै गएर जन्मसिद्ध नागरिकका सन्तान तथा एक महिलाका सन्तानलाई नागरिकता प्राप्तिका लागि पहल गरिदिन ज्ञापनपत्र बुझाएका हुन् ।

नागरिकता बिहिनहरुले लामो समयसम्म गरेको संघर्षपश्चात यसअघिका सरकारले दुई पटक प्रतिनिधिसभा तथा राष्ट्रिय सभाबाट नागरिकता विधेय पास गरी प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएको भएपनि प्रमाणीकरण नगरी त्यसै रोकिएको जानकारीसमेत ज्ञापनपत्रमा उल्लेख छ ।

नागरिकता नहुँदा आफ्नै देशमा शराणर्थीभन्दा पनि नाजुक जीवन जीउन बाध्य रहेकाले तत्कालका लागि नागरिकताजस्तै वैधता कार्ड भएपनि उपलब्ध गराइदिन भनिएको छ ।