
ढल्केवर, धनुषा
धनुषाको मिथिला नगरपालिका–७, स्थित राष्ट्रिय आधारभूत विद्यालय केमलीपुरका ६० जना विद्यार्थीलाई पोशाक वितरण गरेको छ । शुक्रबार स्वावलम्वन लद्युवित्त वित्तीय संस्था लिमिटेड ढल्केवर शाखाले शिशू कक्षादेखि आठ कक्षासम्मका विपन्न विद्यार्थीलाई पोशाक वितरण गरेको हो ।
सट, पैन्ट, स्वीटर, जुत्ता गरी एक जना विद्यार्थीलाई एक हजार पाँच सय रुपियाँ मुल्यबरारको पोशक वितरण गरिएको स्वावलम्वन लद्युवित्त वित्तीय संस्था लिमिटेड ढल्केवर शाखा कार्यालयले जानकारी दिएको छ ।
समाजिक दायित्वअन्तर्गत ६० जना विपन्न विद्यार्थीलाई छात्रवृतिस्वरुप पोशाक वितरण गरिएको कार्यालयको भनाई छ ।
पोशाक वितरणको अवसरमा मिथिला नगरपालिकाको नगर उपप्रमुख सुनितासिंह बुढाथोकी, विद्यालयका प्रधानाध्यापक, वडा सदस्यलगायत स्थानीयवासीको उपस्थिति थियो ।