नेकपा एमालेले मधेश प्रदेशमा ‘मिसन ग्रासरुट’ अभियान चलाउने

|

ढल्केवर, धनुषा

नेकपा एमाले मधेश प्रदेश कमिटीले प्रदेशमा ‘मिसन ग्रासरुट’ सञ्चालन गर्ने भएको छ । ५ गते शुक्रबारदेखि यो अभियान सञ्चालन गर्ने भएको हो ।

बिहीबार जनकपुरमा बसेको पार्टीको प्रदेश सचिवालय बैठकले पार्टीको केन्दिय कार्यसमितिले तय गरेको कार्यत्रमm ‘मिसन ग्रासरुट’ शुक्रबार बिहान जनकपुरको भान्सा घरबाट सुरु गर्ने निर्णय गरेको छ ।

नेकपा एमाले मधेश प्रदेश कमिटी सचिवालय सदस्य सोमप्रसाद शर्माले पार्टीमा संगठन सुदृढिकरण ल्याउन ‘मिसन ग्रासरुट’ नाम दिइएको अभियान चलाउने लागिएको बताए । शुक्रबारबाट सुरु हुने यो अभियान फागुन र चैत महिनाभरी सञ्चालन भएर नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवस बैशाख ७ गते समापन हुनेछ ।

सचिवालय बैठकले महोत्तरी, रौतहट र पर्सामा जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन गर्ने निर्णयसमेत गरेको छ ।
नेकपा एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष रामअवतार यादवको अध्यक्षता तथा पार्टीका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठको प्रमुख आथित्यमा बसेको बैठकले २०८० बैशाख १४–१५ महोत्तरी, १७–१८ पर्सा र २०–२१ गते रौतहट जिल्लाको अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको हो ।
बैठकमा पुरुषोत्तम पौडेल, सुमन प्याकुरेल, लिलानाथ श्रेष्ठ, ज्वाला साह, अच्यूत मैनाली र रामदयाल मण्डलको उपस्थिति थियो ।