
मधेश प्रदेश समृतको आधार क्षेत्र हो : अधिकृत अधिकारी
ढल्केवर, धनुषा
नेपाल बैंक लिमिटेडका कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले मधेश प्रदेश आर्थिक समृद्धिको आधार क्षेत्र भएको बताएका छन् । बिहीबार धनुषाको महेन्द्रनगरमा नेपाल बैंक लिमिटेडको शाखा कार्यालयको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नेपालको सातवटा प्रदेशमध्ये कुनै पर्यटनको सम्भावना होला ?, कुनैमा उद्योगको त कुनैमा अन्नको । तर मधेश प्रदेश पर्यटन, उद्योग र अन्नको भण्डारलगायत सबै सम्भावना बोकेकाले यो प्रदेश देश समृद्धिको आधार क्षेत्र भएको अधिकृत अधिकारीले भने । नेपालको आर्थिक समृद्धिको सम्भाव, नेपालको आर्थिक तीब्रदर वृद्धि यदि सम्भव छ भने मधेश प्रदेशबाट सम्भव हुने उनको भनाई थियो ।
नेपालमा सञ्चालित बैङ्कमध्ये यो पृथक बैङ्क भएको बताउँदै अधिकृत अधिकारीले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले मधेश प्रदेश आर्थिक समृद्धिको प्रमुख आधार क्षेत्र भएको भने ।
महेन्द्रनगरमा नेपाल बैंक लिमिटेको शाखा उद्घाटन गरिएको छ । विक्रम सम्वत् १९९४ कार्तिक ३० गते संस्थागतरुपमा बैकिङ्ग सेवा सुरुवात गरेको नेपालकै पहिलो बैंक हो । नेपाल बैंक लिमिटेडले यहाँ २२६ औं शाखाको रुपमा यहाँ शाखा उद्घाटन छ ।
असार २९ गतेदेखि नै महेन्द्रनगरमा शाखा बैंङ्क रुपमा सञ्चालनमा रहेपनि विधिवतरुपमा बिहीबार उद्घाटन गरिएको छ । ्क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव र नेपाल बैंक लिमिटेडका कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीलगायत अतिथिले संयुक्तरुपमा सो बैंकको उद्घाटन गरेका थिए ।
शाखा प्रबन्धक अभिशेष झाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल बैंक सञ्चालक समितिका सदस्य विवेक शम्शेर जबरा, बैंकका मधेश प्रदेश प्रमुख प्रदिप पाठकलगायत व्यापारी तथा स्यानीयवासीको उपस्थिति रहेको थियो ।