पारदर्शी ढङ्गले उपभोक्ता समिति गठनको माग गर्दै वडा अध्यक्षलाई ज्ञापनपत्र

|

ढल्केवर, धनुषा

पारदर्शी ढङ्गले उपभोक्ता समिति गठन गर्न धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रामएकवाल महतोलाई नेपाली कांग्रेसका कार्यकर्ताले ज्ञापनपत्र बुझाएका छन् ।

वडामा विकास योजनासम्बन्धित गठन गरिने समिति पारदर्शीरुपमा गर्न माग राख्दै सोमबार वडा कार्यालयमै पुगेर नेपाली कांग्रेस मिथिला नगरपालिका वडा नं. ३ का कार्यसमितिका पदाधिकारीहरुले वडाध्यक्ष महतोलाई ज्ञापनपत्र बुक्राएका हुन् ।

वडाध्यक्षलाई बुझाइएको ज्ञापनपत्रमा मिथिला नगर कार्यपालिकाको कार्यालयबाट चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट बजेट तर्जुमा भई वडा विकासका लागि बिनियोजन भएको याजना तथा कार्यक्रम संचालन गर्न सात दिन अगावै आम भेला हुने समय, मिति, स्थान र भेलाको विषय खुलाई सार्वजनिकरुपमा सूचना जारी गर्न उल्लेख छ ।

तर वडा अध्यक्ष महतोले त्यसो नगरी व्यक्तिको घर–घरमा गएर माइनटमा हस्ताक्षर गराई उपभोक्ता समिति गरेको हुँदा पार्टीको गम्भीर ध्यानाकर्षण भएको पत्रमा जनाइएको छ । वडाका आम नागरिकलाई वेवास्ता गरिएको र नियम कानुनको पालनप्रति वडा अध्यक्ष गम्भीर नभएको उल्लेख छ । पत्रमा उनीहरुले हाम्रा मागलाई यथासिघ्र पुरा गर्न अनुरोध गरिएको छ ।