
ढल्केवर, धनुषा
धनुषामा प्रहरी हिरासतबाट छ जना थुनुवा फरार भएको घटनाको एक महिना नपुग्दै फेरि एक जना थुनुवा प्रहरी नियन्त्रणबाट फरार भएको हो ।
जानकारीअनुसार इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेको एक जना थुनुवा प्रहरी जीपबाट हाम फालेर फरार भएको बताइएको छ ।
जबरजस्ती करणी मुद्दामा थुनामा रहेका सबैला नगरपालिका–१३, किरतपुरका राजाबाबु मुखिया आइतबार साँझ ७ बजे फरार भएको हो । प्रहरी नियन्त्रणबाट मुखिया फरार भएको प्रहरीले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जनकपुरस्थित जिल्ला अदातल धनुषामा उपस्थित गराई इलाका प्रहरी कार्यालय सबैला ल्याउने क्रममा सहिदनगर नगरपालिका–३, स्थित यदुकुहाबाट हिँडिरहेको जीपबाट हाम फालेर मुखिया फरार भएको बताउनुभयो ।
फरार मुखियाको तीव्ररुपमा खोजतलास भइरहेको उहाँले जानकारी दिनुभयो ।