
ढल्केवर
जिल्ला प्रहरी कार्यालय धनुषाले चलाएको विशेष सुरक्षा योजनाअन्तर्गत एकैदिन २९० वटा मोटरसाइकलसहित १७ जनालाई नियन्त्रणमा लिएको छ ।
बुधबार जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा भएको होली पर्वलाई मर्यादित तथा सुरक्षित बनाउन जिल्लाभरी परिचालन गरिएको सुरक्षाकर्मीले सो सङ्ख्यामा मोटरसाइकल र मानिसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो ।
मादक पदार्थ सेवन, हेलमेट नलगाएको, क्षमताभन्दा बढी मानिस सवार र तीब्रगतिमा सवारी गुडाउनेलगायत ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा मोटरसाइकल तथा मानिसलाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।
प्रहरीले नियन्त्रणमा लिएकामध्ये अधिकांश युवा रहेको र उनीहरुलाई लागूऔषध तथा ट्राफिक नियमसम्बन्धि सचेतनामुलक प्रशिक्षण पश्चात कसुरअनुसार जरिवाना गरिएको प्रवक्ता गौतमले बताउनुभयो ।