लागूऔषधसहित ढल्केवरका रामहित पक्राउ

|

ढल्केवर, धनुषा

धनुषा प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको मिथिला नगरपालिका–६, ढल्केवरका ३७ वर्षिय रामहित साहलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता वेदप्रसाद गौतमले आइतबार साँझ साहलाई प्रतिबन्धित लागूऔषध एस्कीप्लोन नामक सय एमएलको ४० बोतलसहित नियन्त्रणमा लिएको बताए ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले साहलाई घरबाटै नियन्त्रणमा लिइएको हो ।

घरमा लागूऔषध लुकाएर राखेको जानकारी प्राप्त भएपछ साहको घर रितपूर्वक खानतलासी गर्दा घरभित्र लुकाइएको अवस्थामा सो लागूऔषध भएको थियो । साहमाथि लागूऔषध मुद्दा चलाइएको र जिल्ला अदालत धनुषाबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता गौतमले बताए ।