बढी भाडा असुली गर्ने आठ जना एम्बुलेन्स चालक कारवाहीमा

|

ढल्केवर, धनुषा

एम्बुलेन्स चालक संघ धनुषाले आठ जना एम्बुलेन्स चालकलाई कारवाही गरेको छ । बिरामीसँग तोकिएको भन्दा बढी भाडा असुली गरेको, एम्बुलेन्स खरिदबिक्री तथा ठेक्का पट्टामा संलग्न र संघको निर्णय विपरित कार्य गरेकाले उनीहरुलाई कारवाही गरेको हो ।

संघले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै चालक रामपति यादव, राजेश यादव, दीपेन्द्रप्रसाद शर्मा, अरुण कापर, बिर्जु महतो, अनिल कर्ण, महेश दास तथा विमलेश चौधरीलाई संघको साधारण सदस्यसमेत नरहनेगरी कारवाही गरिएको जनाएको छ ।

संघका अध्यक्ष अरमान कुमार साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा कारबाहीमा परेका चालकहरुले संस्थाको सदस्यता नविकरण नगरेको,गुटउपगुट खडा गरी एम्बुलेन्स जस्तो सेवामुखी पेशाको मर्यादामा आँच पु¥याउने काम गरेको आरोप लगाइएको छ ।