
ढल्केवर, धनुषा
उपलब्ध प्राकृति स्रोत तथा जैविक विविधताको सही सदुपयोग गर्न तीनै तहका सरकार र सरोकारवाला निकायबीच समन्वय हुनु आवश्यक रहेको चर्चा गरिएको छ ।
अन्तराष्ट्रिय जल व्यवस्थान संस्थाको आयोजना र फेकोफनको सह आयोजनामा धनुषाको ढल्केवरमा आइतबार आयोजित जल, उर्जा, खाद्य एकोसिस्टम (वन जैविक विविधता) अन्र्तसम्बन्ध सम्बन्धी मधेश प्रदेशस्तरीय संवाद कार्यक्रममा यस्तो चर्चा गरिएको हो ।
कार्यक्रममा सहभागी प्रदेश सभासदस्य हरिनारायण महतोले नेपालमा जैविक विविधताको संरक्षण गरी वातावरण विकास गर्नु अति आवश्यक भएको बताए ।
नेपालको प्राकृतिक स्रोतमध्ये जल, जमिन र जङ्गग क्षेत्र प्रत्यक्षरुपमा नेपालीको जिविकोपार्जनसँग जोडिएको महत्वपूर्ण विषय भएकाले भूपरिधिस्तरमा सुधारसहित दिगो व्यवस्थापनमार्फत आय र राजेगारी वृद्धि गरी मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने सम्भावना रहेको जानकारी दिए ।
प्रदेश वन निर्देशनालयका अधिकृत सुरेश शर्माले नेपालमा जैविक विविधतालाई संरक्षण गरी वातावरणको विकास गर्नु अति आवश्यक भएको बताए । यसका लागि निम्न कार्यहरु गर्नु आवश्यक रहेको बताउँदै उनले वन, जैविक विविधता तथा जलाधार व्यवस्थापनको कार्यमा तीनै तहका सरकार, वन समूह र निजी क्षेत्रलगायत सरोकारबाला निकायबीच प्रभावकारी समन्वय गरी सहकार्यको वातावरण निर्माण गर्नु पर्ने जानकारी दिए ।
वन, वन्यजन्तुलगायत जैविक विविधता संरक्षण, जलाधार व्यवस्थापनका कार्य तथा मुलुकको भौतिक एवं आर्थिक विकासबीच उत्पन्न द्वन्द्ध व्यवस्थापन गर्न प्रभावकारी कार्यान्वयन आवश्यक रहेकाले यसका महत्वपूर्ण सन्देशलाई जनस्तरसम्म पु¥याउन सके प्राकृति दोहन कम गर्न सकिने अधिकृत शर्माको कथन थियो ।
कार्यक्रमका अधिकांश सहभागीले नेपालमा संघीय संरचनाअनुसार तीनै तहको सरकार भएपनि जनताको प्रत्यक्ष सम्पर्क रहेका वडा जनप्रतिलाई धेरै हकमा अधिकार विहिन बनाइएकाले महत्वपूर्ण कार्यान्वय पक्ष फितलो भएको र जसले गर्दा आम जनतासँग सरोकार हुने कार्यक्रम उपलब्धिमुलक हुन नसकेको चर्चा गरेको थियो ।
कार्यक्रममा अन्तराष्ट्रिय जल व्यवस्थापन संस्थाका शिशिर श्रेष्ठ र लबिशा उप्रेति जल, उर्जा, खाद्य, एकोसिस्टम (वन, जैविक विविधा) अन्र्तसम्बन्धको विषयमा प्रस्तुती देखाउनु भएको थियो भने फेकोफनका ठाकुर भण्डारी, सीता अर्याल र सामुदायिक वन उपभोक्ता महासंघ मधेश प्रदेशका अध्यक्ष सोमप्रसाद शर्माले आफ्ना महत्वपूर्ण भनाइ राखेका थिए ।