खानेपानी समस्याको दीर्घकालिन उपाय खोजिनुपर्छ : सहमहामन्त्री यादव

|

ढल्केवर, धनुषा

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले धनुषा जिल्लामा खानेपानी समस्याको दीर्घकालिन रुपमा समाधान गर्न उपायको खोजी गर्नुपर्ने । सिन्धुली जिल्ला भएर भग्ने कमला खोलाको यसको विकल्प हुनसक्ने उनले जानकारी दिए ।

बिहीबार धनुषाको मिथिला नगरपालिका–८, जमुनिवासमा ईनारको शिलान्यास गर्दै सहमहामन्त्री यादवले काठमाडौंमा मेलम्चीको पानी ल्याए जस्तै कमला खोलाको पानी ढल्केवरसम्म ल्याउन सके दीर्घरुपमा खानेपानीको समस्या समाधान हुने बताए ।

ढल्केवर क्षेत्रमा चेक ड्याम तथा प्रसोधन केन्द्र निर्माण गरेर ढल्केवर, महेन्द्रनगर, जनकपुरलगायत जिल्लाभरका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउन सकिने बताउँदै उनले आफू खानेपानी मन्त्री हुँदा यस विषयमा सर्वे गराएको जानकारी दिए ।

दिनप्रतिदिन भूमिगत जलको सतह घट्दै गएको छ । अब पनि दीर्घकालिन उपाय खोजिएन भने खानेपानी ठूलो समस्या सिर्जना हुन्छ । ईनार डिप बोरिङ्ग खोनपानीका लागि तत्कालीन उपाय भएको सहमहामन्त्री यादवले भने ।

प्रदेश सांसद अन्जना पण्डितको संसदीय विकास कोषबाट जमुनिवास र बेंगाडावरमा ईनारको शिलान्यास गरिएको छ । नेपाली कांगे्रेसका सहमहामन्त्री महेन्द्र यादव, प्रदेश सांसद कुवरकान्त झा, शेषनारायण यादव, र अन्जना पण्डितले संयुक्तरुपमा सो ईनारको शिलान्यास गरेका छन् ।

नेपाली कांग्रेसका क्षत्रीय सचिव बुधेश्वर महतोका अनुसार प्रदेश सांसद पण्डितको संसदीय विकास कोषबाट मिथिला नगरपालिका क्षेत्रमा ६ वटा इनार निर्माण गरिने योजना रहेको छ । जसमधये दुई वटा ईनारको शिलान्यास उनले जानकारी दिए ।

शिलान्यासको कार्यक्रममा नेपाली कांग्रेस मिथिला नगरपालिकाका सचिव शिवचन्द्र यादवलगायत स्थानीयवासीको उपस्थित थियो ।