मिथिलामा नगरस्तरीय महिला सञ्जाल गठन

|

ढल्केवर, धनुषा

महिला अधिकार दिवसको अवसरमा धनुषाको मिथिला नगरपालिकामा नगरस्तरीय महिला सञ्जाल गठन गरिएको छ । मंगलबार ढल्केवरमा महिलाको एक भेलाले कल्पना कडारीको अध्यक्षतामा २२ सदस्य नगरस्तरीय महिला सञ्जाल गठन गरिएको हो ।

मिथिला नगरपालिकाको आयोजना तथा नगर उपप्रमुख सुनिता सिंह बुढाथोकी उपस्थितिमा भएको भेलाले नगरपालिकाको प्रत्येक वडाबाट दुई जना महिलाको सहभागिता रहने गरी सञ्जाल गठन गरिएको बताइएको छ ।