
जनकपुर
धनुषाको विदेह नगरपालिका–४, ढाडीका वडाध्यक्ष वाजिब प्रमाणीले कुटपिट गरेको सोही वडाकी एक महिलाले आरोप लगाएकी छन् ।
विहीबार घरयासी विषयलाई लिएर सासूसँग विवाद भइरहेको अवस्थामा मोटरसाइकलमा आएका वडाध्यक्ष प्रमाणीले एक्कासी बाँसको लठ्ठीले कुटपिट गरेको आरोप खातुनले लगाइन् ।
वडाध्यक्षको कुटपिटबाट टाउको तथा हातमा सुन्निएको छ भने शरीरको विभिन्न भागमा चोटपटक लागेको उनले जानकारी दिइन् । अहिले जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारपछि आफू घर फर्किएको खातनुले भनिन् ।
आफूमाथि कुटपिट भएपछि खातुनले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएकी छन् ।