
ढल्केवर, धनुषा
धनुषाको ढल्केवरमा इनारभित्र एक पुरुषको शव भेटिएको छ । विहीबार बिहान ढल्केवरस्थित दक्षिण चोकमा रहेको इनारभित्र एक पुरुषको शव देखिएको हो ।
स्थानीयवासीले इनारभित्र शव रहेको देखेपछि प्रहरीलाई खबर गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी टोली शव निकाल्न प्रयासमा जुटेको बताइएको छ । शवको पहिचान तत्काल खुल्न सकेको छैन ।