
ढल्केवर, धनुषा
धनुषाको मिथिला नगरपालिका–४, पुष्पवलपुरस्थित पूर्वपश्चिम राजमार्गमा एकआपसमा दुई मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको बिआर ३१ एएच ९३४२ नम्बरको भारतीय मोटरसाइकल र विपरित दिशाबाट आइरहेको ज छ प १४८४ नम्बरको मोटरसाइकल शनिबार दिउँसो ४ बजे एकआपसमा ठोक्किएका थिए ।
ठक्करबाट बिआर ३१ एएच ९३४२ नम्बरको भारतीय मोटरसाइकल चालक भारतको बिहार राज्य जयनगरका अमितकुमार खर्गाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका खर्गालाई उपचारका लागि अस्पताल पु¥याइएको थियो ।
यता, ठक्करबाट घाइते भएका ज छ प १४८४ नम्बरको मोटरसाइकल धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८, बस्ने ३० वर्षिय विनोद महतोलाई गम्भीर चोटपटक लागेको छ । उनलाई उपचारको काठमाडौं लगिएको छ । जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि विनोदलाई काठमाडौं रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।