ढल्केवर, धनुषा
इलाका प्रहरी कार्यालय ढल्केवर धनुषाले अवैध उत्खनन गरिरहेका तीन वटा टिपर र एउटा स्काइभेटर नियन्त्रणमा लिएको छ ।
जिल्लाको मिथिला नगरपालिका–१ बाट मापदण्डविपरित गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा शनिबार राती उक्त टिपर तथा स्काइभेटर प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कवीन राईले नम्बरी जग्गामा उत्खनन गरिरहेको भएपनि उत्खननसम्बन्धी अनुमति नभएको तथा निकै गहिरासम्म खाडल खनेकाले ना १ क ६८५९, प्रदेश–२–०३–००१ ख ६७८२ र प्रदेश–२–०३–००१ ख ००१९ नम्बर टिपर तथा नम्बर नखुलेको एउटा स्काइभेटर नियन्त्रणमा लिएको बताए । नियन्त्रणमा लिइएका टिपर तथा स्काइभेटर थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला समन्वय समिति धनुषा पठाउने प्रहरीले उनले जानकारी दिए ।