लहान / विगत लामो समयदेखि सिरहाको लहानस्थित यातायात कार्यालयमा बिचौलिया पेशामा संलग्न रामबच्चन साह आफ्नो काम निकाल्न यातायातका कर्मचारीहरूसँग बार्गेनिङ् गर्ने उदेश्यले पत्रकारहरूलाई नक्कली प्रमाणहरू उपलब्ध गराएर कर्मचारी विरूद्व समाचारहरू लेख्न उत्प्रेरित गर्ने गरेको रहस्य खुलेको छ ।
सृङ्खलावद्वरूपमा समाचारहरू प्रकाशन हुनथालेपछि बार्गेनिगं गर्ने र यातायातका कर्मचारीहरूलाई मानसिक त्रास सिर्जना गर्ने गरेको स्रोतको भनाई छ ।
यतिबेला भने रामबच्चन साह उर्फ बच्चनले सामाजिक सञ्जालमा यातायातका कर्मचारीहरू र ट्राफिक अधिकारीहरूको भ्रामक स्टाटसहरू लेखेर मानमर्दन गर्ने अभियान नै चलाएका छन् ।
बच्चनले आफूद्वारा चलाउदै आएको फेसबुक पेजमा कर्मचारीहरूको चरित्रहत्या गर्ने उदेश्यले विभिन्न आरोपहरू लगाउँदै आएका छन् ।
उनले भनेअनुसार अनाधिकृत रकम लिएर ट्रायल पास गराउन यातायातका कर्मचारीहरूलाइ केही समयदेखी दवाव दिदै आएका थिए । यातायातका कर्मचारीहरूले बच्चनले भनेझैँ सेवाग्राहीसँग अनाधिकृत रकम लिएर फेल भएकाहरूलाई पास गराएर लाईसेन्स उपलब्ध गराउने गैरकानुनी धन्दा नगर्ने अडान लिएपछि बच्चनले कर्मचारीको खैरो खन्ने अभियान चलाएको बताईन्छ ।
बच्चनले केहीदीनअघि देखि निरन्तर यातायातका कर्मचारीहरूको चरित्र हत्या हुने स्टाटसहरू लेखेर वार्गेनिङको वातावरण बनाउन खोजिरहेका छन् ।
उनले बिगतमा पनि आफ्नो स्वार्थ सिद्व गर्न लहान यातायात कार्यालय विरूद्व केही सञ्चारकर्मीहरूलाई प्रयोग गर्ने गरेकाथिए । बच्चनको बिचौलिया श्वाभाव प्रमाणित भएपछि सञ्चारकर्मीहरू सचेत बनेका थिए । उनले भनेको भ्रामक समाचारहरू पत्रकारहरूले प्रकाशन÷प्रशारण गर्न बन्द गरेपछि उनले आफै सलहेश फूलवारी नामक फेसबुक पेज क्रियट गरेर यातायातका कर्मचारी विरूद्व भ्रामक स्टाटसहरू लेख्न थालेको बताइन्छ ।
लहान नगरपालिका – १२ जटयाही घर भएका बच्चनको स्टाटसको बिषयमा प्रेस काउन्सिल नेपालमा उजुरीको तयारी गरिएको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले – “ उजुरी पर्नसाथ चरित्रहत्या गर्ने विरूद्व कार्वाही अघि बढ्छ । “
लामो समयदेखि लहान यातायातमा सेवाग्राहीसँग केही सेवा शूल्क लिएर काम गरिदिने बिचौलियाको पेशा गर्दै आएका बच्चनले जेलबाट निस्कदा धेरै ऋण परेको र उक्त ऋण तिर्न धेरै कमाउनुपर्ने बाध्यता आईलागेकाले लहान यातायातका कर्मचारीलाई अनाधिकृत आर्थिक प्रभावमा पारेर लाइसेन्सको खरिदविक्रि गर्ने योजना बनाएका थिए । तर , उसैपनि यातायात कार्यालय बदनाम बनाईएको भन्दै कर्मचारीले बच्चनको छिटो पैसा कमाउने योजना बिफल बनाईदिएपछि कर्मचारी विरूद्व बच्चन खनिएका हुन् ।
हत्या अभियोगमा कैद भुक्तान गरेर जेलमुक्त भएका थिए वच्चन । उनले २५ हजार रूपैयाँको लेनदेनमा कुरा नमिल्दा वच्चनले आफ्नै साथिको हत्या गरेको उनिसँगै जेल बसेका एकजनाले बताए ।
बच्चनसँगै उक्त हत्या आरोपमा प्रदिप यादव , अभिषेक यादव र जामुन यादव सिरहा कारागारमा कैद भुक्तान गरेर निस्किएका थिए ।
नक्कली मदिरा बनाउन उस्ताद मानिने बच्चन जेलमुक्त भएपछि पुनः लहान यातायातमा बिचौलिया पेशामा सक्रिय भएका थिए ।
लहान यातायात कार्यालयले यस बिषयमा केही प्रतिकृया दिएको छैन ।
यातायात कार्यलय ले बिचौलिया लाई निस्तेज गर्ने लक्ष्य लिएकाे छ। कसैकाे पभाब र दबाबमा नपर्न सेवार्गाहि लाई अनुराेध समेत गरेकाे छ ।