धनुषाको ढल्केवरमा रेकडिङ्ग स्टुडियो सञ्चालनमा

|

ढल्केवर, धनुषा

धनुषाको ढल्केवरमा रेकडिङ्ग स्टुडियो सञ्चालनमा आएको छ । अपन मिडिया प्रोडक्सन हाउसले सोमबार अत्याधुनिक प्रविधिको रेकडिङ्ग स्टुडियो सञ्चालनमा ल्याएको हो ।

मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतो र उपप्रमुख सुनिता सिंह बुढाथोकीले संयुक्तरुपमा उक्त स्टुडियोको उद्घाटन गर्नुभयो । स्टुडियो उद्घाटन गर्दै नगर प्रमुख महतोले भाषा संस्कृतिको विकास तथा संरक्षण गर्नका लागि रेकडिङ्ग स्टुडियोको निकै ठूलो महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले स्टुडियो स्थापनाले परम्परागत तथा लोक गीत संगीत संरक्षण सम्वद्र्धनका साथै नयाँ नयाँ प्रतिभाहरुले आफ्नै गाउँ ठाउँमा अवसर पाउने आशा व्यक्त गर्नुभयो ।

उपप्रमुख बुढाथोकीले स्टुडियो सञ्चालनमा आउनु सुखद् भएको बताउँदै स्टुडियोबाट समाजिक चेतना अभिवृद्धि गर्ने किसिमका सामाग्रीहरुको उत्पादन गर्न सञ्चालक समूहलाई सुझाव दिनुभयो ।

उहाँले आधुनिक प्रविधियुक्त स्टुडियोले स्थानीय कलाकारहरुको हौसला बढाउनुका साथै स्थानीय भाषा संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासमा विशेष टेवा पुग्ने बताउनुभयो ।

रेकडिङ्ग स्टुडियोे सञ्चालनमा आएपछि रेकडिङ्गका लागि काठमाण्डौ, पटना तथा दिल्ली जानु पर्ने बाँध्यतामा हटने विश्वास गरिएको छ ।
उद्घाटन कार्यक्रममा वडाध्यक्ष जोगी महतो, नन्दकिशोर यादव, राम स्याङ्गदन, नेकपा माओवादी नेता रामकुमार महतो र हिमालय युवा क्लबका संरक्षक अरुणकुमार महतोलगायत स्थानीय कलाकारहरुको उपस्थिति थियो ।