नेकपा एसका केन्द्रीय सदस्य उप्रेती एमालेमा फर्किए

|

सर्लाही

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य डिल्ली उप्रेती नेकपा एमालेमा फर्किएका छन् । उप्रेतीसँगै पाँच जना प्रदेश कमिटी, १५ जना जिल्ला कमिटी र ५० जनाभन्दा बढी स्थानीय कमिटीका सदसय पनि एमालेमा फर्किएका छन् ।

शनिबार सर्लाहीको हरिवनमा ‘आफ्नो साथी, आफ्नै पार्टी’ नाराका साथ एमालेले आयोजना गरेको पुनर्रमिलन समारोहमा कांग्रेस र माओवादीका नेता तथा कार्यकर्तासमेत पार्टी परित्याग गरी एमाले प्रवेश गरेको नेकपा एमाले मधेश प्रदेशका प्रदेश कमिटी सदस्य सोमप्रसाद शर्माले जानकारी दिए ।

उनीहरुलाई एमालेका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराइले पार्टीमा स्वागत गरेका थिए ।