ढल्केवर, धनुषा
धनुषाको ढल्केवरका उद्यमी महिलाले हिन्दू नारीको महान चाड हरितालिका तीजको अवसरमा शुभकमना आदान प्रदान तथा दर खाने कार्यक्रम गरेको छ ।
शनिबार ढल्केवरस्थित कोमल होटलको सभाकक्षमा स्थानीय उद्यमी महिलाले तीजको अवसरमा शुभकमना आदान प्रदान तथा दर खाने कार्यक्रम गरेको हो ।
तयारी पोशाक, ब्यूटीपार्लर र सिलाइ कटाइलगायत उद्योग व्यवसायमा संलग्न ढल्केवरका उद्यमी महिलाको संयुक्त आयोजनामा तीजको शुभकमना आदान प्रदान तथा दर खाने कार्यक्रमको आयोजना गरिएको पारु ब्यूटीपार्लर तथा ट्रेनिङ सेन्टरकी सञ्चालिका निशु श्रेष्ठले बताइन् ।
उद्यमी महिलाबीच सम्बन्धलाई सुमधुर र अझ प्रगाढ बनाउन पनि यो कार्यक्रमको आयोजना गरिएको उनले जनाइन् । उक्त कार्यक्रमको उद्घाटन मिथिला उद्योग बाणिज्य संघ ढल्केवरका महिला सदस्य कौशिल्या कुमारी महतोले दीप प्रज्वलन गरेर गरेकी थिइन् ।