राष्ट्रिय बाल दिवसका अवसरमा हाजिरी जवाफ प्रतियोगिता

|

ढल्केवर

धनुषाको ढल्केवरमा ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा नगरस्तरीय माध्यमि विद्यालय हाजरी जवाफ प्रतियोगिता भएको छ ।

शुक्रबार ढल्केवरस्थित महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा मिथिला नगर बाल सञ्जालको आयोजना तथा मिथिला नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, अनौपचारिक सेवा केन्द्र इन्सेक मधेश प्रदेश र टिपिओ नेपालको सहयोगमा हाजिरी जवाफ प्रतियोगिता भएको हो ।

प्रतियोगितामा जनता माध्यमिक विद्यालय प्रथम भएका छन् भने महेन्द्र माध्यमिक विद्यालय दोस्रो, न्यू होराइजन इँङ्गगलिस बोर्डिङ्ग स्कूल तेस्रो र चिल्ड्रेन गार्डेन इङ्गलिस बोर्डिङ्ग स्कूलले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिताका विजेताहरुलाई मिथिला नगरपालिकाका नगर उपप्रमुख सुनिता सिंह बुढाथोकी, वडाध्यक्ष रामबहादुर स्याङ्दन, प्रधानाध्यापक रामकुमार महतोलगायतका अतिथिले पुरस्कार प्रदान गरेका थिए ।

पुरस्कार प्रदान गर्दै उपप्रमुख बुढाथोकीले हाजिरी जवाफ प्रतियोगिताको आयोजनाले बालबालिका तथा विद्यार्थीको बौद्धिक विकासमा टेवा पुग्ने बताइन् ।

प्रतियोगितामा सार्वजनिक, सनफ्लावर, विनायक, श्रीमावि र आर्दश माध्यमि विद्यालय गरी नौवटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रभात फेरी
यसैगरी, बाल दिवसको अवसरमा धनुषाको ढल्केवरमा चिल्ड्रेन गार्डेन इङ्गलिस बोर्डिङ्ग स्कूलका विद्यार्थीले प्रभात फेरी कार्यक्रम गरेका छन् ।
विद्यार्थीले ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ नारा लेखिएका ब्यानर बोकेर ढल्केवर चोकको परिक्रमा गरेका थिए ।