शुभकामना सहकारीको आयोजना दर खाने तथा शुभकमना आदानप्रदान कार्यक्रम

|

ढल्केवर

धनुषाको ढल्केवरमा रहेको शुभकमना बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा तीजको शुभकमना आदानप्रदान दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार ढल्केवरस्थित कोमल होटलको सभाकक्षमा महिलाहरुको महान चाड हरितालिका (तीज) २०८० को अवसरमा सहकारी संस्थाले शुभकमना आदानप्रदान दर खाने कार्यक्रम गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि मिथिला नगरपालिकाका उपमेयर सुनितासिंह बुढाथोकीले हरितालिका तीजलाई एक सांस्कृतिक पर्वको रुपमा मनाउन बताउनुभयो । उहाँले यस्ता सांस्कृतिक पर्वहरुले सबै नेपालीको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याउने जानकारी दिनुभयो ।

उपमेयर बुढाथोकीले हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृति महत्वको जगेर्ना गर्दै भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानुपर्ने बताउँदै महिलाले आफ्नो दक्षता बढाउँदै समाजको नेतृत्व तहमा पुग्नुपर्ने बताउनुभयो ।

यसैगरी, मिथिला नगरपालिकाका पूर्व उपमेयर तारालामा बस्नेतले तीज नेपाली हिन्दू नारीहरुको महान पर्व भएकाले यसलाई सांस्कृति र मौलिक बनाउनुपर्ने बताउनुभयो । पछिल्लो समय नेपालका विभिन्न चाडपर्वमा मौलाएको विकृति, विसंगतिलाई चोटिलो प्रहार गर्न र यसलाई यसलाई सभ्य बनाउनुपर्ने उहाँले जानकारी दिनुभयो ।

सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद तिमिल्सीनाले सामाजिक उत्तरदायित्व अन्तर्गत दर खाने तथा तीजको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा करिब दुईभन्दा बढी महिलाको सहभागिता रहेको थियो ।

थोरै समयमा उचाई चुम्न सफल सहकारी

२०७८÷६÷६ गते दर्ता भएको यस सहकारीमा अधिकांश महिला सदस्य छन् । झण्डै दुई वर्षदेखि सञ्चालित यस सहकारीमा ९८५ जना शेयर सदस्य छन् । सहकारी स्थापनादेखि शिवप्रसाद तिमिल्सीनाले नेतृत्व गरिरहेका छन् । उहाँले २२ वर्ष स्वाबलम्वन लद्युवितमा काम गर्नुभएको थियो । संस्थापक अध्यक्ष तिमिल्सीनाले आफ्नो कार्यकालमा नै सहकारीलाई उचाइमा पु¥याउनु भएको छ ।

सहकारीले थोरै समयमा उचाइ चुम्न सफल भएको छ । अध्यक्ष तिमिल्सीनाले भने, सहकारीलाई नियमसंगत चलायो भने उचाइमा पुग्न लामो समय पर्खिनु पर्दैन । सहकारीलाई उत्कृष्ट बनाउने लक्ष्य छ ।