राष्ट्रप्रति समर्पित चलचित्र ‘काँडेतार’ को च्यारिटी शो धनुषाको महेन्द्रनगरमा हुने

|

ढल्केवर, धनुषा

सीमा रक्षाका कथा वस्तु समेटिएको नेपाली चलचित्र ‘काँडेतार’ को च्यारिटी शो धनुषाको महेन्द्रनगरमा रहेको लवकुश चलचित्र मन्दिरमा हुने भएको छ । आउँदा असोज २७ गते शनिबार चलचित्रका कलाकारहरुका साथमा भव्य च्यारिटी शो हुने भएको छ ।

चलचित्रमा धनुषाका चर्चित कलाकार प्रशान्त यादवको समेत महत्वपूर्ण भूमिका रहेको छ । यादव धनुषाको धनुषाधाम नगरपालिका–६, मालटोलका वासिन्दा हुन् । यादवले सीमा रक्षाका क्रममा ज्यानको आहुती दिएकाका परिवारलाई आर्थिक सहयोगका निम्ति च्यारिटी शोको आयोजना गरिएको बताए । च्यारिटी शोका लागि सम्पूर्ण तयारी पुरा भएको उनले जानकारी दिए ।

राष्ट्र र राष्ट्रियताप्रति समर्पित चलचित्र ‘काँडेतर’ सामना फिल्म्स प्रालि ब्यानरमा निर्माण गरिएको छ । चलचित्रमा नवल खड्का, गौरव पहारी, रेविका गुरूङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बालगायत कलाकारको अभिनय छ ।

चलचित्रको कथा निर्देशक खड्का स्वयंले तयार पारेका छन् । मणि थापा र दीपक शर्माको संगीत रहेको काँडेतारमा सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको नृत्य छ ।

नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता सत्यकला राई हुन् ।