‘अख्तियारमा उजुरी पर्दैमा डराउनु पर्दैन, रिसिबिइले पनि उजुरी दिएको हुनसक्छ’

|

ढल्केवर, धनुषा

धनुषाको मिथिला नगरपालिका मेयर महेन्द्र महतोले अख्तियार दुरुपयोग अनसन्धान आयोगमा उजुरी पर्दैमा कसैलाई भ्रष्टाचारी भन्न नमिल्ने बताएका छन् ।

बिहीबार ढल्केवरमा अख्तियार दुरुपयोग अनुसन्धान आयो बर्दिवास महोत्तरीको आयोजना तथा मिथिला नगरपालिकाको सहयोगमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी स्थानीय तहस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा मिथिला नगरपालिका विरुद्ध अख्तियार नौ वटा उजुरी दर्ता रहेको चर्चा चलेपछि मेयर महतोले उजुरी पर्दैमा दोषी ठहर नहुने हुँदा डराउनु पर्ने अवस्था नभएको जानकारी दिए । ‘कसैले रिसिबिइले पनि उजुरी दिएको हुनसक्छ । एउटा औंला ढड्यार अरुलाई दोष देखाउँदा तीन ओटा औंला आफै तिर फर्किएको हुन्छ । यो कुरा पनि बुभ्mनुपर्छ । नगरपालिकाविरुद्ध उजुरी परेको छ भने अनुसन्धान सहयोग गर्ने गर्छु, ‘उनले भने ।’

कार्यक्रममा मिथिला नगरपालिकाका उपमेयर सुनिता सिंह बुढाथोकीले स्थानयि सरकारको सुशासन प्रवद्र्धन गर्न यस प्रकारका अन्तरक्रिया कार्यक्रमले सहयोग पुग्ने बताउँदै सार्वजनिक पद धारण गरेका व्यक्ति राष्ट्रप्रति जिम्मेवार भइ नैतिक दायित्व वहन गर्नुपर्ने बताइन् । सुशासन र पारदर्शीताका साथै नियमको परिधिभित्र रही काम गर्नुपर्ने उनले सुझाव दिइन् । भ्रष्टाचारले राष्ट्रको लगानी दुरुपयोग हुने भएकाले भ्रष्टाचार रोक्न अख्तियार अझ बढी कडारुपमा प्रस्तुत हुनुपर्ने उपमेयर बुढाथोकीले बताइन् ।

कार्यक्रममा सहभागीहरुले आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुझावसमेत दिएका थिए । साथै सहभागीबाट उठेका विभिन्न प्रश्नहरुको जवाफ अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासका डिएसपी रविनबाबु रेग्मीले दिएका थिए ।

कार्यक्रममा भ्रष्टाचारको अवधारण, भ्रष्टाचारको कारण, भ्रष्टाचारका कसुर ठहरिँदा हुने सजाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्य गर्ने शैली, भ्रष्टाचारको पवृति, भ्रष्टाचारसम्बन्धी भ्रम र वास्तविकताका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने, मिथिला उद्योग बाणिज्य संघ ढल्केवरका उपाध्यक्ष सन्तोष महतो, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विषयगत शाखाका कर्मचारी, पालिकाभित्रका माध्यमिक विद्यालयका प्रधानाध्यापकको उपस्थिति रहेको थियो ।