फेरि जगमग बन्यो ढल्केवरको पार्क

|

धनुषाको ढल्केवर चोकमा रहेको पार्क फेरि जगमग बनेको छ । दीपावलीको अवसरमा सो पार्कलाई फेरि जगमग बनाइएको हो ।

लक्ष्मी पुजा मेला समिति ढल्केवरले झलक्क चम्कने गरी पार्कलाई सजाइएको बताइएको छ । झिलमिल बत्ति र विभिन्न रङ्गका कपडाले पार्कलाई आकर्षक बनाइएको मेला समितिका अध्यक्ष जीवनकुमार साहले बताए ।

पार्क सजाउँदा दीपावलीमा ढल्केवर चोकको रौनक अझ बढ्ने र मेला भर्न आउनेहरुका लागि रमाइलो हुने उनले जानकारी दिए ।

लक्ष्मी पुजाको अवसरमा कात्तिक २७ र २८ गते बेलुका ४ देखि १० बजे रातीसम्म साँस्कृति कार्यक्रमको आयोजना समेत गरिएको अध्यक्ष साहले बताए ।

यसअघि दसैंको अवसरमा दुर्गा मेला समिति ढल्केवरले मनमोहक ढङ्गले सो पार्कलाई सजएका थिए ।