ढल्केवर
धनुषाको लालगढमा चारतारे मापदण्डको गौतम होटलको आज (शनिबार) उद्घाटन हुने भएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको लालगढमा करिब एक बिघा क्षेत्रफलमा ५० करोड रुपियाँको लागतमा सो चारतारे होटल निर्माण गरिएको छ ।
युवा उद्यमी तथा होटल व्यवसायी हिरा गौतमले ‘समय सापेक्ष बदलिदो सोच, गौतम होटलको नविनतम अठोट’ भन्ने भावका साथ विश्वस्तरको सुविधा सम्पन्न होटल निर्माण गर्न्भएको छ । हरियाली एवम् रमणीय वातावरणयुक्त स्थानमा निर्माण भएको यस होटलमा १५० जनासम्म बसोबास गर्न मिल्ने छन् । होटलमा स्वीमिङग पुल, बगैँचा, फिटनेस सेन्टर, स्टिम बाथ र पर्याप्त पार्किङको स्थान छन् । यसलगायत होटलमा सभा सम्मेलन र गोष्ठीका लागि विभिन्न कक्षहरु रहेका छन् ।
होटल संचालनपछि मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत विभिन्न पर्यटन क्षेत्रमा घुम्न आउने पर्यटक तथा व्यापारीलाई उत्कृष्ट सेवा उपलब्ध गराउने होटल व्यवस्थापनको लक्ष्य छ ।