
ढल्केवर
धनुषामा नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अदालतकै अगाडि न्यायधिशको पुतला दहन गरेका छन् ।
नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा पार्टीका कार्यकर्ताले पूर्व निर्धारित विरोधका कार्यक्रमअनुसार बुधबार साँझ धनुषाको जनकपुरस्थित जिल्ला अदालत धनुषा र उच्च अदालतका अगाडि न्यायधिशको पुतला दहन गरिएको छ ।
नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा पार्टीका केन्द्रीय सदस्य त्रिकोल “सि”को नेतृत्वमा न्यायधिशको पुतला दहन गरिएको बताइएको छ । पुतला दहन कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष आलोक “सि” लगायत पार्टीका कार्यकर्ताको उपस्थिति रहेको थियो ।