ढल्केवर
धनुषाको ढल्केवरमा रहेको ऋद्धिसिद्ध बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष राजलाल महतोको अध्यक्षता तथा प्रदेश सभासदस्य हरिनारायण महतोको महतोको प्रमुख आथित्यमा साधारणसभा सम्पन्न भएको भएको हो ।
कार्यक्रममा प्रदेश सभासदस्य महतोले सहकारीलाई स्थानीय र प्रदेश सरकारले व्यवस्थि गर्दै अगाडि बढाउनुपर्ने बताए । उनले व्यापार व्यवसायसँग सहकारीले कृषि उत्पादनका क्षेत्रमा लगानी गर्न सुझाए दिए ।
उनले भने, अबको वर्षमा उत्पादन दोब्बर बनाउने गरी कृषि र उद्योगका क्षेत्रमा लगानी बढाउनुपर्छ । नेपालमा उत्पादन नहुँदा बाहिरबाट आयात गर्नुपर्ने बाध्यता रहेकाले यसलाई रोक्न जरुरी भएको छ । दूध, माछा, मासु तथा फलफूल उत्पादन वृद्धि गर्ने गरी सबै अगाडि बढ्नुपर्ने समेत उनको भनाइ थियो ।
मिथिला नगरपालिकाका नगर उपप्रमुख सुनिता सिंह बुढाथोकीले क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारीहरुलाई व्यवस्थित तुल्याउन प्रयास भइरहेको बताए । नगरपालिकामा एकसयभन्दा बढी सहकारी सञ्चालनमा रहेको जानकारी गराउँदै उत्कृष्ट सेवा प्रदान गरेका सहकारीलाई पुरस्कृत गरिने र खराब काम गरेका सहकारीलाई दण्ड जरिवाना गरिने जानकारी दिए ।
उपप्रमुख बुढाथोकीले पनि सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई उत्पादनसँग जोड्न पर्ने धारणा व्यक्त गरे । निर्यातभन्दा बढी आयात भइरहेकाले देशको अर्थतन्त्र कमजोर बनेको र अर्थतन्त्रमा सुधार ल्याउन कृषि उत्पादन बढाउनुको विकल्प नभएको उनले जानकारी दिए ।
कार्यक्रममा सहकारीका अध्यक्ष अध्यक्ष राजलाल महतोले छरिएर रहेको पुँजीलाई संकलन गरी उत्पादनशील र व्यवसायिक क्षेत्रमा लगानी गर्दै आएको बताए । त्यस अवसरमा संस्थाले उत्कृष बचतकर्ता, उत्कृष्ट दैनिक, उत्कृष्ट मासिक, उत्कृष्ट बचत र उत्कृष्ट ऋणी गरी २० जनालाई सम्मान गरिएको छ ।