ऋद्धिसिद्ध बचत तथा सहकारी संस्थाको अध्यक्षमा पुनः राजलाल चयन

|

ढल्केवर, धनुषा

धनुषाको मिथिला नगरपालिका ढल्केवरमा रहेको ऋद्धिसिद्ध बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्ष पदमा पुनः राजलाल महतो चयन भएका छन् । महतो यसअघिका सञ्चालक समितिका अध्यक्ष हुन्हन्थ्यो ।

महतोको कार्य कुशलताबाट प्रभावित भएर सञ्चालक समितिले उहाँलाई दोस्रो पटकका लागि अध्यक्ष पदमा चयन गरिएको बताइएको छ ।

मिथिला नगरपालिकामा भएका सहकारीमध्ये सबैभन्दा बढी शेयर सदस्य ऋद्धिसिद्ध बचत तथा ऋण सहकारी संस्थामा छन् । सहकारीले दिएको जानकारीअनुसार झण्डै दुइ हजार पाँच सयको हाराहारीमा शेयर सदस्य रहेका छन् ।