
ढल्केवर
धनुषाको ढल्केवरमा महिला प्रजनन स्वास्थ्य सम्बन्धि निःशुल्क शिविर सञ्चालन गरिने भएको छ । मिथिला नगरपालिकाको समन्वय र लाइन्स क्लब अफ मिथिला तथा लाइन्स क्लब अफ मिथिला आदर्शको संयुक्त आयोजना एवम् सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो ।
ढल्केवरस्थित हेल्थपोष्ट परिसरमा आउँदो पुस १३ र १४ गते गरी दुई दिनसम्म चल्ने छ । लाइन्स क्लब अफ मिथिलाका अध्यक्ष प्रदिप महतोले शिविरमा आङ खस्ने समस्या भएका महिला भेटिए उनीहरुको निःशुल्क अपरेसन गरिने बताए ।
्स्वास्थ्य शिविरमा पाठेघरको मुखको क्यान्सर, पिसाब चुहिने रोगको पहिचान र उपचार, आङ् खस्ने समस्याको प्रतिरोधात्मक उपचार, स्त्री रोग सम्बन्धि परिक्षण, पाठेघरको मुखको परिक्षण, पाठेघरको मुखको क्यान्सरको पूर्व पहिचान, थरमोकुगुलेशन, फिस्टुलाको अपरेसन र महिला रोगसम्बन्धि सम्पूर्ण जाँच तथा उपचार गरिने उनले जानकारी दिए ।