ढल्केवर
धनुषाको ढल्केवरमा अत्यधिक मदिरा सेवनबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार मिथिला नगरपालिका–५, विश्रामपुरका ४० वर्षिया भूपालबहादुर राना मगरको अत्यधिक मदिरा सेवनबाट मृत्यु प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार ढल्केवरस्थित दुर्गा मन्दिर नजिक शुक्रबार बिहान ९ बजे मगरको शव फेला परेको छ । सधैंजसो अत्यधिक रक्सी खाइरहने मगरको शव नजिक एउटा प्लाष्टिकको बोतलमा रक्सीसमेत भेटिएकाले रक्सी सेवनबाट उनको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीको भनाइ छ ।
शवको सनाखत गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।