पर्यटकको स्वागतम तम्तयार ‘मिथिला सागर’

|

ढल्केवर, धनुषा

इस्वी सम्वतको नयाँ वर्ष २०२४ को अवसरमा धनुषाको ढल्केवरस्थित मिथिला सागरमा पर्यटकलाई स्वागत गर्न तम्तयार देखिएको छ । पर्यटकको बढ्दो उपस्थिति ध्यानमा राख्द मिथिला सागर संरक्षण समितिले मिथिला सागर क्षेत्रको सौन्दर्यकरण, सरसफाइ, खानेपानी, विद्युतीयकरण र सुरक्षा व्यवस्थासमेत कडा बनाएको छ ।

अघिल्लो अङ्ग्रेजी नयाँ वर्षको तुलनामा यसवर्ष अधिक सङ्ख्यामा पर्यटक अनुमान गरिएको छ । यस पर्यटकीय स्थलमा देशका विभिन्न स्थान र भारतबाट समेत पर्यटक आउने गरेका छन् ।

मधेश प्रदेशकै प्रमुख पर्यटकीय स्थलका रूपमा विकसित भइरहेको मिथिला सागरमा टाढा–टाढाका पर्यटक घुम्न तथा पिकनिक (वनभोज) मनाउन आउने गरेको बताइएको छ ।

नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न तथा सामूहिक रूपमा पिकनिक खाँदै रमाइलो गर्न पर्यटकहरू यहाँ आउने गरेका हुन् ।
ढल्केवर चोकबाट तीन किलोमिटर उत्तरमा पर्ने मिथिला सागर पर्दछ । पोखरी दमार सामुदायिक वन क्षेत्रमा रहेको मिथिला सागर सात विघा क्षेत्रमा फैलिएको छ । सागरको बीच मागमा उत्तेश्वर महादेवको मन्दिरले तालको महत्व अझ बढाएको छ ।

सोही मिथिला सागरदेखि पूर्वमा थप आकर्षक पर्यटकीय स्थल निर्माण गरिएको छ । घुम्न आउने पर्यटकले सो ठाउको पनि अवलोकन गरेर आनन्द लिन सकिने छ ।