कांग्रेस र एकिकृत समाजवादीका सयौं जना एमालेमा प्रवेश

|

ढल्केवर, धनुषा

धनुषाको मिथिला नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादी पार्टीका सयौं जना एमालेमा प्रवेश गरेका छन् । सोमबार ढल्केवरमा नेकपा एमाल नगर कमिटीलेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा कांग्रेस र एकिकृत समाजवादीका गरी १०४ जनाले एमाले प्रवेश गरेका हुन् ।

पार्टीका जनकपुरधाम उपमहानगरपालिका सचिव राजु साह र ढल्केवरका पार्टी कार्यकर्ता सर्वनाथ महतोको पहलमा कांगेसका क्रियाशील सदस्य नन्दकिशोर यादवसहित सयौं जना एमाले प्रवेश गरेको बताइएको छ ।

नवप्रवेशीलाई एमालेका केन्द्रीय सचिव रघुवीर महासेठ, मधेश प्रदेश सांसद हरिनारायण महतो, राजाराम महतो, सन्तोष यादवलगायतका नेताले अबिरमाला लगाएर उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रीय सचिव महासेठले कांग्रेसभित्र समस्या र कुरितिको चाङ्ग रहेको बताए । लोकतान्त्रिक व्यवस्था र विकासको नेतृत्व एमाले बाहेक अरु पार्टीले गर्न नसक्ने बताउँदै उनले एमालेप्रति जनताको विश्वास बढ्दै गएको जनाए ।