आर्दश राष्ट्रिय माध्यमिक विद्यालयले स्वर्ण जयन्त्री मनाए

|

ढल्केवर, धनुषा

धनुषाको मिथिला नगरपालिका ९, लालगढमा रहेको आदर्श राष्ट्रिय माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाएका छन् ।स्थापनाको ५० वर्ष पुरा गरेको अवसरमा आइतबार एक कार्यक्रमको आयोजना गरी विद्यालयले स्वर्ण जयन्ती मनाएका हुन् ।

विक्रम सम्वत् २०२९ साल पुस महिनामा एक कक्षाको अनुमति प्राप्त गरी सञ्चालन भएको यस विद्यालयमा अहिले कक्षा १० सम्मको पढाइ भइरहेको छ ।

स्वर्ण जयन्त्री कार्यक्रमका प्रमुख अतिथि एवम् नेकपा एमाले पार्टीका केन्द्रीय सचिव रघुवीर महासेठले शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने बताए । नेपाली नागरिकलाईलाई मौलिक अधिकारबाट वन्चित हुन नदिनका लागि सरकारले शिक्षा र स्वास्थ गर्नुपर्ने बताउँदै उनले यस क्षेत्रमा शिक्षाको विकासमा सक्दो प्रयास र पहल गर्ने प्रतिवद्धा जनाए ।