
ढल्केवर
नेपाली कांग्रेसको भातृ संस्था नेपाल सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले मधेश प्रदेशको अध्यक्षमा शिवचन्द्र यादवलाई मनोनयन गरेको छ । सोमबार संघका केन्द्रीय अध्यक्ष राजुकुमार पाण्डले उनलाई मनोनयन गरेको हो ।
धनुषाको ढल्केवर निवासी यादवलाई संघको संगठन विस्तार र सुकुम्बासी तथा अव्यवयस्ति बसोबासीको समस्या तथा मागहरु प्रस्तुत गरी स्थानीय एवं प्रदेश सरकारसँग कार्यान्वयन गराउन मनोनयन गरिएको जनाइएको छ ।
नेपाल सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघको विद्यानमा रही नेपाली कांग्रेसको मुल्य, मान्यता र आदर्शलाई आत्मसाथ गरी संघलाई संगठनमा महत्वपूर्ण भूमिका निभाउँदै आएकाले भावी दिनमा अझै संगठन विस्तार तथा सुकुम्बासी अव्यवस्थित बसोबासीहरुको हक अधिकारको विषयमा निरन्तर अगाडि बढाउने विश्वास गरिएको पत्रमा जनाइएको छ ।