
ढल्केवर
धनुषाको मिथिला नगरपालिका ९, बडहरीमा व्यक्तिगत खर्चमा विपन्नलाई ब्लाङ्केट तथा फलफूल वितरण गरिएको छ । सोही वडाका बासुदेव र उहाँको श्रीमती श्याममाया दाहालले २१ जना विपन्नलाई ब्लाङ्केट तथा फलफूल वितरण गर्नुभएको हो ।
चीसोबाट कसैलाई समस्या नहोस् भन्ने उद्देश्यले आफ्नै खर्चबाट विपन्नलाई ब्लाङ्केट वितरण गरिएको उहाँले बताउनुभयो । उहाँले मिथिला लायन्स क्लब अफ आदर्शको समन्वयमा सो सामान वितरण जानकारी दिनुभयो । सो अवसरमा मिथिला नगरपालिकाका उपप्रमुख सुनितासिंह बुढाथोकी, वडाध्यक्ष दिपकजङ्ग थापालगायत स्थानीयको उपस्थिति थियो ।
केहीदिन यता तराइको भू–भागमा शीतलहरसँगै चिसो बढेको छ । चिसोबाट सबैभन्दा बढी विपन्न परिवार प्रभावित भएको छ ।