नेशनल मेडिकल कलेजको लापरबाहीले एमबीबीएस अध्ययनरत सुमितको मृत्यु

|

ढल्केवर, धनुषा

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको लापरबाहीले सुमित यादव र नीजका साथी सञ्चित यादवको मृत्यु भएको आफन्तजनले आरोप लगाएका छन् ।

माघ ७ गते बिहान सोही मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत धनुषाको सबैलाका सुमित र बाराका सुवर्णपुरका सञ्चितको वीरगञ्ज महानगरपालिका–१५, स्थित जिल्ला आयुर्वेद अस्पताल नजिक मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।

सो दुर्घटनामा मृत्यु भएका सुमितका आफन्तले धनुषाको सबैला नगरपालिका–५, मखनाहास्थित आफ्नै घरमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर नेशनल मेडिकल कलेजको लापरबाहीले सुमितको मृत्यु भएको आरोप लगाए ।

मृतक सुमितका पिता फुदन यादव र जेठो दाइ आशिष यादवले होस्टलमा बसेका विद्यार्थीलाई रातीको ३ बजे कम्पाउण्ड बाहिर जान दिनु नै लापरबाही भएको बताए । मेडिकल कलेजको लापरबाहीविरुद्ध अदालतमा मुद्दा दायर गर्ने उनीहरुले पत्रकार सम्मेलनमा जानकारी दिए ।

घटना पश्चता मृतक विद्यार्थीहरुप्रति मेडिकल कलेज प्रशासनले खासै मतलब नराखेको बताउँदै दाइ आशिषले कलेज प्रशासनले लापरबाहीको जिम्मेबारीसमेत लिन नचाहेको बताए । उनले भने, ‘भाइलाई डाक्टर बनाउन कलेजको होस्टलमा राखेका थियौँ । दुई–दुई वटा गेट पार गरेर बाहिर जानुपर्ने होस्टलबाट भाइलाई किन र कसरी त्यति राती बाहिर जान दियो ।’

“त्यसमा पनि मोटरसाइकल नदिएको भाइसँग मोटरसाइक कहाँबाट आयो”, “दाइ आशिषले प्रश्न गर्दै भने”, मोटरसाइकल कसको हो अहिलेसम्म खुल्न सकेको छैन । मेडिकल अध्ययनबाहेक होस्टल खर्च वार्षिक अढाइ लाख रुपियाँ र इन्टरनेट प्रयोग गरेवापत वार्षिक १६ हजार रुपियाँ मेडिकल कलेजलाई बुझाउने गरिएको उनले भने ।
बाँकी भिडियोमा…