
ढल्केवर, धनुषा
धनुषाको ढल्केवरमा लायन्स क्लब अफ मिथिलाको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार ढल्केवरस्थित कोमल होटलको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमबीच क्लबमा आवद्ध भएका नौ जना नयाँ सदस्यलाई सपथ ग्रहण गराइएको छ । लायन्स क्लब अफ मिथिलाका अध्यक्ष प्रदिप महतोको अध्यक्षता तथा लायन्स क्लबका डिष्ट्रक गर्भनर शिवकुमार कटुवालको प्रमुख आतिथ्य सपथ ग्रहण कार्यक्रम भएको थियो ।
सो अवसरमा लायन्स क्लब अफ मिथिला आर्दशका सदस्य एवं मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह, लायन्स क्लबका प्रथम प्रथम महिला राधा कटुवाल, डिव गभर्नर शंकरकुमार सारदा, पूर्व डिष्ट्रक गर्भनर मधुकर उपाध्यायलगायत क्लबका सदस्यहरुको उपस्थिति थियो ।