धनुषाबाट १२ हजार बढी विद्यार्थी एसइई दिने

|

ढल्केबर, धनुषा 
धनुषा जिल्लामा यस पटक माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४८९ जना प्राविधिकतर्फका गरी १२ हजार २१४ जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ धनुषाका अनुसार चैत १५ गतेदेखि सुरु हुने एसइईमा छ हजार ४०६ जना छात्र र पाँच हजार ८०८ जना छात्रा सहभागी हुनेछ । परीक्षाका लागि ४३ वटा केन्द्र तोकिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडारियाले परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको बताए । परीक्षा समन्वय समितिका संयोजकसमेत रहनुभएका उनले सम्बन्धीत विद्यालयमा उत्तरपुस्तिका र प्रश्नपत्र नजिकको सुरक्षा निकायमा पठाइएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी कडारियाले परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्षरुपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था मिलाइएको जनाए । बताउनुभयो । उहाँले अफ्नै नेतृत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिले निरीक्षण, अनुगमन गरिने उनको भनाइ छ ।
मधेस प्रदेशका आठ जिल्लामध्ये यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् ।