स्वास्थ्यमन्त्री सिंहले गरे एक सयभन्दा बढी पटक रक्तदान

|

ढल्केवर, धनुषा । मधेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधनप्रसाद सिंहले रक्तदान गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । शनिबार धनुषाको ढल्केवरमा आयोजित वृहत रक्तदान कार्यक्रममा उहाँले रक्तदान गरेर त्यसको शुभारम्भ गर्नुभएको हो ।

रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री सिंहले एक सयभन्दा बढी पटक आफूले रक्तदान गरेको बताउनुभयो । २०६० सालमा पहिलो पटक रक्तदान गरेको बताउँदै उहाँले त्यसपछि प्रत्येक तीन–तीन महिनामा रक्तदान गर्दैआएको जानकारी दिनुभयो ।

त्यसअवसरमा उहाँले रक्तदान कार्यक्रमका आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो । नेकपा एमालेको तर्फबाट चैत १० गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त हुनुभएका मन्त्री सिंहले पदभार ग्रहण गरे लगतै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने निर्णय गर्नुभएको थियो ।

ब्लड बैङ्क तथा अस्पतालमा भइरहेको रगत अभावलाई मध्यनजर गर्दै ढल्केवरमा मिथिला उद्योग बाणिज्य सङ्घ, मिथिला ब्याडमिन्टन क्लब, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलगायत स्थानीय विभिन्न सङ्घसंस्थाको आयोजनामा वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; module: j;
hw-remosaic: 0;
touch: (-1.0, -1.0);
modeInfo: ;
sceneMode: Hdr;
cct_value: 0;
AI_Scene: (-1, -1);
aec_lux: 155.12398;
hist255: 0.0;
hist252~255: 0.0;
hist0~15: 0.0;