सामुदायिक वन उपभोक्ता महासंघ मधेश प्रदेशको घोषणापत्र सार्वजनिक

|

ढल्केवर, धनुषा ।

सामुदायिक वन उपभोक्ता महासंघ मधेश प्रदेशले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । सप्तरीको सप्तकोशी नगरपालिका फत्तेपुरमास्थित रक्तमाला नमूना सामुदायिक वन परिसरमा महासंघ तेस्रो पूर्ण बैठकबाट सामुदायिक वनको सन्दर्भमा सिर्जित चुनौती तथा सवालहरुको सम्बोधनका लागि सबै सरोकारवालाहरुको ध्यानाकर्षण गर्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणपत्रमा वन क्षेत्रको दिगो व्यवस्थापन गरी समृद्ध मधेश प्रदेश निर्माणका लागि महासंघ प्रदेश सरकार तथा सम्वद्ध सरोकारवाला निकायसँग सदैव सहकार्य गर्न तयार रहेको उल्लेख गरेको छ ।

साथै प्रदेशको सामुदायिक वन र समुदायद्वारा व्यवस्थित अन्य वन क्षेत्रभित्र कयौं रुखहरु वर्षौँदेखि सुकेर क्षति भइरहेकाले सरल विधि अपनाइ काठ दाउरा विक्री वितरण गर्ने व्यवस्था मिलाउन, तेहरो कर खारेज गरी स्थानीय तहमा मात्र कर लिने व्यवस्था मिलाउन तथा यस प्रदेशमा प्रशस्त मात्रामा सार्वजनिक जग्गाहरु रहेकोेले उक्त सार्वजनिक जग्गामा रहेका रुख विरुवाको संरक्षण गरी थप वृक्षारोपण गरी सार्वजनिक जग्गाहरुमा वनको व्यापक विस्तार गर्ने र सार्वजनिक वनको व्यवस्थापकीय अधिकार सम्बन्धित स्थानीय समुदायलाई हस्तान्तरण गर्ने व्यवस्था गर्ने लगायत तीन पृष्ठ लामो घोषणपत्र सार्वजनिक गरेको छ ।

घोषणपत्रको पूर्ण विवरण ः