वन कर्मचारीको नेतृत्व क्षमता बढाउन ‘टिम विल्डिङ्ग वर्कशप’

|

ढल्केबर, धनुषा ।

वन कर्मचारीको नेतृत्व क्षमता बढाउने उद्देश्यले दुई दिने ‘टिम विल्डिङ्ग वर्कशप’ तालिम बुधबारबाट धनुषाको लालगढमा सुरु भएको छ । समृद्धिका लागि वन कार्यालय प्रदेश परियोजना व्यवस्थापन इकाइ जनकपुरको आयोजना सुरु सो तालिमको उद्घाटन मधेश सरकारका वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीले गर्नुभयो ।

कार्यक्रम उद्घाटन गर्दै उहाँले वन जोगाउने दायित्व सबैको भएपनि वन मन्त्रालय र मातहतका कार्यालयहरु बढी चनाखो हुन आवश्यक रहेको बताउनुभयो । वन जोगाउने दायित्व स्थानीयवासी र स्थानीय तहको भएपनि वन मन्त्रालय मातहतका कार्यालय अझ बढी जिम्मेवार बन्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

वनमन्त्री कुर्मीले तालिमबाट वन कर्मचारीमा नेतृत्व दायी भूमिका निर्वाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै दत्तचित्त लगाएर तालिमका सिकाएका विषय ग्रहण गर्न सहभागी सबैमा आग्रहसमेत गर्नुभयो । बिहिबारसम्म चल्ने तालिममा कार्यक्रममा वन मन्त्रालय मातहत रहेको वन निर्देशनालय मधेश प्रदेश र आठ वटै जिल्लाका डिभिजन वन कार्यालयका डिभिजलन प्रमुख तथा कर्मचारहरुको सहभागिता रहेको छ ।