धनुषामा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

|

ढल्केवर, धनुषा
धनुषाको नकटाझिजमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान २ बजे मिथिला नगरपालिका–२, नकटाझिजस्थित ढल्केबर–जनकपुर सडकमार्गमा बिग्रिएर रोकिराखेको टिपरमा पछाडिबाट मोटरसाइकल ठोक्किएको हो ।

जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ क ०१६० नम्बरको मोटरसाइकल सोही दिशातर्फ बिग्रिएर रोकिराखेको मधेश प्रदेश ०१–००४ प ७५०० नम्बरको टिपरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ठक्करबाट नाम ठेगाना खुल्न नसकेको मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताउनुभयो । ठक्करमा परेर गम्भीर घाइते भएको मोटरसाइकल चालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेको उहाँको भनाइ छ ।