लामुट्टेबाट बच्न खानेपानीका उपभोक्तालाई झुल वितरण

|

ढल्केवर, धनुषा । धनुषाको मिथिला नगरपालिका–८ जमुनिवासस्थित जमुनिवास खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले लामखुट्टेबाट बच्न आफ्ना उपभोक्तालाई किटनाशकयुक्त झुल वितरण गरेको छ । शनिबार बिहान खानेपानीको कार्यालय परिसरमा एक अनौपचारीक कार्यक्रमबीच २२३ जना उपभोक्तालाई सो झुल वितरण गरिएको हो ।

उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर श्रेष्ठले झुल वितरण गर्दै गर्मीयाम बढेसँग लामखुट्टेको प्रकोप बढेकाले त्यसको कोटाइबाट बच्न आफ्ना उपभोक्तालाई झुल वितरण गरिएको बताउनुभयो । लामखुट्टेको टोकाइबाट औलो, डेङ्गुलगायत प्राणघातक रोग सार्ने हुँदा त्यस्ता रोगबाट बच्न विशेष सावधानी अपनाउनु पर्ने बताउँदै उहाँले स्वास्थ्य तथा सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो ।

समितिका वरिष्ठ सल्लाहकार मनिष जर्घामगरले संस्थाको सामाजिक दायित्व कार्यक्रमअन्तर्गत उपभोक्तालाई झुल वितरण गरिएको बताउनुभयो । लामखुट्टे लाग्ने मौसम सुरु भएकाले औलो, डेङ्गु, मलेरियालगायतका रोगबाट बच्न झुल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । गोरखापत्रबाट

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; module: j;
hw-remosaic: 0;
touch: (-1.0, -1.0);
modeInfo: ;
sceneMode: NightHDR;
cct_value: 0;
AI_Scene: (16, -1);
aec_lux: 93.36476;
hist255: 0.0;
hist252~255: 0.0;
hist0~15: 0.0;